Home » » Kaalmahima : Aayo Tappa Tipyo Miti Pugyo

Kaalmahima : Aayo Tappa Tipyo Miti Pugyo

Written By Milan Shrestha on Saturday, September 6, 2014 | September 06, 2014

कालमहिमा
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो।१।
राजा रङ्क सबै समान उसका वैषम्य र्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो।२।
आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो, हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो।३।
जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो,
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो, जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो।४।

Kaal Mahima
Bhaka, Bhul, Daya, Chyamaa ra Mamata, santosh jandaina tyo,
Indrai binti garun jhukera padma tyo binti mandaina tyo,
thuproma ughini mitho ra namitho rojera chhandaina tyo,
khata jachi sabai durusta nabhujhi birsera handaina tyo |1|

Raja Rankasabai samaan uskaa baishamya daina tyo
aayo tappa tipyo, lagyo , Miti Pugyo tarera tardaina tyo
lakhau aaushadhi astra sastra mahimaa dekhera dardaina tyo
byaadhatulya lukera chaldacha sadaa marera mardaina tyo |2|

aanshukaa dahaamaa nuhaaucha chiso pani ruchaaunna tyo
sukhaa jarjar asthipanjar bina saiya banaunna tyo
mailo bhasmasiwaya angabharmaa kehi lagaaunna tyo,
haahaakaar sari mitho aru kunai sangit gaaunna tyo |3|

jo jo milcha sulukka nilcha mukhmaa haali chapaauna tyo
thalyo cwaamma sabai chapaauna bhane aahaar paaunna tyo
jati milchaa uti ukeldacha pani, kehi pachaunna tyo
yehi chaalaa sita kalpa kalpa kahile khaii aaghaunna tyo |4|

3 comments:

Android Users